बी.पी. स्मृति दिवसमा कांग्रेस क्षेत्र नं. २ चितवनद्वारा रक्तदान, ५४ जनाले गरे रक्तदान
चितवन — चितवनमा बी.पी. कोइरालाको स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। नेपाली कांग्रेस क्षेत्र नं. २, चितवनको आयोजनामा ४४ औँ जननायक बी.पी. कोइराला स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा ५४ जना रक्तदाताले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा विशेषगरी १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक तथा नेपाली कांग्रेस क्षेत्र नं. २, चितवनका क्षेत्रीय प्रवक्ता विकास पौडेलले बताए । युवाहरूको उत्साह, सेवाभाव र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले कार्यक्रमलाई थप प्रभावकारी र प्रेरणादायी बनाएको उनको भनाइ छ।
कार्यक्रम सफल बनाउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, बागमती प्रदेश, जिल्ला, क्षेत्र, महानगर तथा वडा कार्यसमिति, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ (नेविसंघ), शुभेच्छुक, स्वयंसेवक तथा प्राविधिक सहयोग भरतपुर अस्पतालले गरेको थियो ।


