भरतपुर – नेपाली कांग्रेसका संस्थापक नेता तथा महामानव बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा भरतपुरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। नेपाली कांग्रेस भरतपुर महानगर समितिको आयोजनामा भएको कार्यक्रममा महानगर सभापति चित्रसेन अधिकारीको सभापतित्व रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा जरा अभियानका प्रा.डा. केदार नरसिंह केसी, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल लगायत विशिष्ट व्यक्तित्व, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।वृक्षारोपणमार्फत वातावरण संरक्षणसँगै बीपी कोइरालाले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई स्मरण गरिएको आयोजकले जनाएको छ।


