नारायणी नदीमा हाम फालेर गैंडाकोटका ४० वर्षीय सन्तोष रानभाट व्यपत्ता

एटुजेड समाचार

चितवन — नारायणी पुलबाट सोमबार बिहान एक व्यक्ति नदीमा हाम्फालेपछि उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब ७ बजे गैंडाकोट नगरपालिका–१ निवासी अन्दाजी ४० वर्षीय सन्तोष रानभाटले पुलबाट नारायणी नदीमा हाम्फालेको प्रारम्भिक जानकारी प्राप्त भएको हो।

घटनास्थलमा रानभाटले प्रयोग गरेको लेडिज साइकल पुलमै फेला परेको प्रहरीले जनाएको छ। त्यसपछि वडा प्रहरी कार्यालयको विपद् व्यवस्थापन टोली तथा सशस्त्र प्रहरी बलको उद्धार टोली परिचालन गरी नदीमा खोजी कार्य सुरु गरिएको छ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुखका अनुसार घटनाको कारण खुल्न बाँकी छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। हालसम्म रानभाट फेला नपरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप जानकारी भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु