काठमाडौंमा महिलाले लगाइन् आफ्नै शरिरमा आगो, अवस्था गम्भीर

एटुजेड समाचार

काठमाडौं बौद्धमा एक महिलाले आत्मदाह प्रयास गरेकी छिन्। काभ्रे, तेमाल स्थायी घर भई बौद्ध बस्ने २७ वर्षीया सालु गुरुङले हिजो साँझ बौद्ध गेटअगाडि आत्मदाह प्रयास गरेकी हुन्।

उनको शरिरको ५० प्रतिशत भाग जलेको छ। जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हाल उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ।

घटना भएलगत्तै गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। स्थित गम्भीर भएपछि कीर्तिपुर लगिएको हो। गुरुङ बौद्धमै खाजा घर चलाउने गर्दछिन्। आत्मदाह प्रयासको कारण खुलेको छैन।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु