स्पेन बन्यो विश्वविजेता: अर्जेन्टिनालाई १–० ले हराउँदै १६ वर्षपछि फेरि उचाल्यो विश्वकपको उपाधि

एटुजेड समाचार

स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेको छ। अमेरिकाको न्यूजर्सी स्टेडियममा सम्पन्न सनसनीपूर्ण फाइनल भिडन्तमा जित निकाल्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको ट्रफी आफ्नो नाममा गराएको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मुख्य मिडफिल्डर एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।

यसैको फाइदा उठाउँदै अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत पास मिलाएपछि फेररान टोरेसले उत्कृष्ट फिनिसिङ गर्दै स्पेनका लागि निर्णायक गोल गरे।

यसअघि सन् २०१० मा पहिलो पटक फिफा विश्वकप जितेको स्पेनले १६ वर्षपछि पुनः फुटबलको सर्वोच्च उपाधि उचाल्न सफल भएको छ। युरो २०२४ को उपाधि जितेको स्पेनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै विश्वकपको उपाधि समेत आफ्नो पोल्टामा पारेको हो।

अर्कोतर्फ, लियोनेल मेसीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जितेर इतिहास रच्ने अवसरबाट चुकेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु