यू–१९ महिला प्रिमियर कप: फाइनलको लक्ष्यसहित आज नेपाल–यूएई भिड्दै

एटुजेड समाचार

काठमाडौंएसिसी महिला यू–१९ प्रिमियर कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशका लागि यूएईसँग खेल्दैछ।

महिला यू–१९ एसिया कपमा स्थान बनाइसकेका नेपाल र युएईबीचको खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ।

दुवै देशले बुधबार सम्पन्न क्वार्टरफाइनल खेलमा जित हात पारी सेमिफाइनलमा भेट पक्का गरेका हुन्।

क्वार्टरफाइनलमा नेपालले जापानलाई ९ विकेटले सहज रुपमा पराजित गरेको थियो।

उता युएईले भने आयोजक मलेसियालाई २७ रनले हराउँदै नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो।

समूह चरणमा नेपाल समुह डी को विजेता र युएईले पनि समुह बी को विजेताको रुपमा क्वार्टरफाइनल पुगेका थिए।

यस खेलको विजेताले अहिले भइरहेको इन्डोनेसिया र थाइल्यान्डबीचको खेलमा विजेतासँग शनिबार खेल्नेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु