काठमार्डौँ : चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड वर्षाका कारण अवरुद्ध भएको छ।
उक्त सडकको तुईन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवनगमन दुईतर्फि अवरुद्ध बनेको हो।
राति ७:४० बाट सडक अवरुद्ध भएको र पन्छाउने मेशिन पुगे पनि निरन्तर ठूलो वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।


