बझाङमा जीप दुर्घटना : घटनास्थलमै तीन जनाको मृत्यु, पाँच जना घाइते

एटुजेड समाचार

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

सडकबाट अनियन्त्रित भई जीप करिब ३०० मिटर तल खसरे दुर्घटना भएको हो । भौगोलिक विकटताका कारण घटनास्थलमा हेलिकप्टर पठाइएको छ ।

घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु