चितवन – नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डकेट (युटिएस) प्रा.लि.ले चितवनमा आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ ।
कम्पनीले अटोवेज पोखरा प्रा.लि.लाई आधिकारिक डिलर नियुक्त गर्दै चितवन भरतपुर स्थित हाकिमचोकमा अत्याधुनिक थ्रीएस ( (सेल्स, सर्भिस र पार्टस्) सुविधासहतको नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
वैद्य अर्गनाइजेशन अफ इन्ड्रष्टिज (भोइथ)का अध्यक्ष सुरज वैद्य, अटोवेज प्रा.लि.का अध्यक्ष नारायणप्रसाद पौडेलले रिवन काटेर शोरुमको समुद्घाटन गरेका थिए ।
यो नयाँ शोरुमबाट ग्राहकहरुले टोयोटा गाडी खरिद, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मर्मत सेवा तथा जेन्युइन पाटपूर्जा एउटै स्थानबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यस सुविधाले चितवन, नवलपुर, मकवानपुर तथा आसपासका जिल्लाका ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउनेछ ।


