धोबीखोलामा हाम फालेकी महिलाकोको मृत्यु

एटुजेड समाचार

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ । सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौं महानगरपालिका १४ बल्खु कुमारी क्लब नजिकै को क्षेत्रस्थित बागमती नदीबाट सो शव निकालेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेकी भन्ने सूचनाको आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा खोजी कार्य सुरु गरेको थियो ।

अहिले शव भेटिए पनि पहिचान नखुलेको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु