अर्जेन्टिनासँगको हारपछि इजिप्टको आरोप : रेफ्रीलाई विश्वकपबाट हटाउन माग

एटुजेड समाचार

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग ३-२ को रोमाञ्चक तर विवादास्पद हार बेहोरेपछि इजिप्ट फुटबल संघले फिफासँग कडा विरोध जनाएको छ। इजिप्टले उक्त खेल खेलाउने रेफ्री टोलीलाई नै विश्वकपबाट हटाउन माग गरेको छ। इजिप्टले एटलान्टामा भएको खेलमा रेफ्रीले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ। उसका मुख्य दुईवटा आपत्ति छन्।

जसमा इजिप्ट १-० ले अगाडि भएको बेला मोस्ताफा जिकोले गरेको एउटा गोललाई भीएआरले रद्द गरिदियो। रेफ्रीले खेलको सुरुमा इजिप्टका खेलाडीले अर्जेन्टिनाका लिसेन्द्रो मार्टिनेजलाई फाउल गरेको ठहर गरेका थिए।

यस्तै खेलको अन्तिम समयमा मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा लडाइएको थियो। तर रेफ्रीले फाउल दिएनन्। त्यही मुभको लगत्तै अर्जेन्टिनाले काउन्टर अट्याक गर्दै ३-२ को विजयी गोल गर्‍यो।

इजिप्ट फुटबल संघका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको टोलीविरुद्ध उजुरी दर्ता गरेका छन्। संघले यसलाई ‘इजिप्टको टोलीविरुद्ध गरिएको भेदभाव र अपराध’ भनेको छ। उनीहरूले रेफ्रीले केही भिडियो फुटेजहरू हेर्न नै अस्वीकार गरेको आरोप लगाएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु