सेती दोभानमा लेदोसहितको पहिरो, मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

एटुजेड समाचार

चितवन — मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत सेती दोभान क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण पहिरोसँगै सडकका विभिन्न स्थानमा ढुंगा झर्ने क्रम जारी रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र अनावश्यक जोखिम नलिन सबैमा अनुरोध गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु