हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवार भेट्न राहत लिएर पुगे पूर्वमन्त्री विक्रम पाण्डे

एटुजेड समाचार

चितवन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले चितवनको भरतपुर महानगरपालिका–२३, मा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।

चितवन ३ का पूर्वसांसद समेत रहेका पाण्डेले आफ्नो व्यक्तिगत सहयोगमा पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा, ओछ्यान, डसना, ग्यास चुलो तथा सिलिन्डरलगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

पाण्डेले दुःखको घडीमा पीडित परिवारलाई केही राहत पुग्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरेको उल्लेख गरे । उनले प्राकृतिक तथा वन्यजन्तुजन्य विपद्का कारण पीडामा परेका नागरिकलाई सबैले साथ दिनुपर्ने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु