रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु भएको हो ।प्रारम्भिक सूची प्रकाशित भएपछि दाबी–विरोधको प्रक्रिया, अन्तिम उम्मेदवार सूची प्रकाशन तथा विद्युतीय मतदान प्रणालीमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान ढिला सुरु भएको हो ।

यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । खुला उपसभापतिमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि डा.स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन्।यस्तै, महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले समेत आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन्।

अब महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ । महिला उपसभापतिमा सोबिता गौतम र डा. तोसिमा कार्की प्रतिस्पर्धामा छन् । यसैगरी महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, रञ्जु दर्शना, सागर ढकाल, गणेश कार्की उम्मेदवार छन् ।पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु