देवघाट – देवघाट ब्याडमिन्टन संघको दोस्रो अधिवेशनबाट पुनःअनिल मिश्र सर्वसहमत चयन भएका छन् । देवघाट गाउँपालिका वडा न. ५ स्थित सनिवार देवघाट गार्डेन रिसोर्टको सभा हलमा सम्पन्न दोस्रो अधिवेशनबाट अनिल मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्व सहमत चयन गरिएको हो।
संघको कार्यसमितिमा उपाध्यक्ष सुजन गुरुङ,सचीव आशिक रानामगर,कोषाध्यक्ष अर्जुन सापकोटा,सह-सचीव होमबहादुर सारु चयन भएका छन्।
साथै सदस्यहरुमा चंन्दन बगाले,सञ्चय मगर,तिलकप्रसाद न्यौपाने र प्रेम थापामगर (दिपेन्द्र) चयन भएका छन्।
सो कार्यक्रममा प्रमुख अतित देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा,बिशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रधुब्नकुमार खड्का,देवघाट ब्याडमिन्टन संघ संरक्षक चन्द्रप्रकाश दवाडी,गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका अधिकृत होमनाथ लामिछाने,देवघाट ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,देवघाट युवा तथा खेलकुद बिकास संस्था अध्यक्ष अमर बहादुर फेवाली,ईलाका प्रहरी कार्यालय प्रमुख तिर्थराज पौडेल,गाउँपालिका लेखा अधिकृत सरद न्यौपाने,गाउँपालिका कार्यक्रम अधिकृत कृष्णरजा पन्त,देवघाट ५ खेलकुद अध्यक्ष खेमबहादुर राना लगायतको उपस्थिति रहेका थिए।


