काठमाडौँ- काठमाडौँको पशुपति क्षेत्रमा बस्ने एक जोगी (साधु) को हत्या आरोपमा अर्का जोगी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार दर्वेनाथ भनिने सुविन रानामगरलाई पक्राउ गरिएको हो।
गएको फागुन ६ गते काठमाडौँ महानगरपालिका-८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परियार (जोगी)मृत अवस्थामा फेला परेका थिए। घटना अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न रहेको आरोपमा दर्बेनाथ भन्ने सुबिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-६ बाट पक्राउ गरेर प्रहरीले काठमाडौँ ल्याएको छ।


