चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट इन्जिनियर मिनि माधव खनाल सभापतिमा निर्वाचित हुनुभएको छ।
अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा खनालले २२२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्ण प्रसाद भुषाल ले १११ मत प्राप्त गर्नुभयो भने प्रकाश आचार्य ले २२ मत प्राप्त गर्नुभयो।
त्यस्तै, उपसभापतिमा निर्मला गिरि १९० मत सहित निर्वाचित हुनुभएको छ। उक्त पदका अन्य उम्मेदवारमध्ये टिकादत्त इटनी ले ८४ मत र प्रभाकर जोशी ले ७३ मत प्राप्त गर्नुभयो।
सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मत सहित विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नेत्र लामिछाने ले १४५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
यस्तै, सहसचिव पदमा कुशल पाठक १८७ मत सहित निर्वाचित हुनुभएको छ। उक्त पदका अन्य उम्मेदवारमध्ये पार्वती पाण्डे ले ६९ मत, बेद प्रसाद आचार्य ले ५४ मत र चुम बहादुर जी.सी. ले ३७ मत प्राप्त गर्नुभएको छ।
प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा चितवनले संगठन विस्तार, जनसम्पर्क तथा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


