रास्वपा अधिवेशन : चितवनमा कृष्ण भुसाल सहित चार जनाको उम्मेदवारी

एटुजेड समाचार

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला अधिवेशन आज हुँदैछ । सभापति पदका लागि चार जनाले उम्मेदवारी दिएका छन । वर्तमान सभापति कृष्ण भुसाल सहित चार जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

वर्तमान कोषाध्यक्ष एकराज बुर्लाकोटी, चितवन ३ का निर्वाचन संयोजक मिनीमाधव खनाल र केन्द्रिय विभागका सदस्य प्रकाश आचार्यले उम्मेदवारी दिएका छन । अन्तिम सम्म पनि सर्वसम्मतको प्रयास भइरहेको सभापति भुसालले जानकारी दिए । अधिवेशनको आज सांसद हरी ढकालले उद्घाटन गर्ने कार्यक्रम छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु