रास्वपा मोरङ जिल्लाको सभापतिमा भरत कडेल निर्वाचित

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित भएका छन् ।

रास्वपाका केन्दिय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाहले अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु