भरतपुर महानगरले विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न निर्देशन

एटुजेड समाचार

चितवन — भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय (मन्टेश्वरी समेत) लाई विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाका उपसचिव सुवासचन्द्र आचार्यद्वारा जारी बिज्ञप्तीमा नेपाल सरकारको निर्णयबमोजिम सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेको सन्दर्भमा विद्यालय सञ्चालनमा समेत एकरूपता आवश्यक रहेको उल्लेख गरिएको छ।

महानगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रको आधारमा महानगरभित्रका सबै विद्यालयलाई नेपाल सरकारले तोकेको सार्वजनिक बिदाबाहेक अन्य दिनमा मात्र शैक्षिक संस्था सञ्चालन गर्न अनुरोध गरेको छ।

बिज्ञप्तीमा विद्यालयहरूले सरकारी निर्णयअनुसार बिदा व्यवस्थापन गरी शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। यस कदमले महानगरभित्रका विद्यालयहरूको सञ्चालन प्रणालीमा एकरूपता ल्याउने र शैक्षिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु