मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्ने, पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

एटुजेड समाचार

काठमाडौं – आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने भएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।

यसै क्रममा देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहँदा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम सफा भई अत्यधिक गर्मी हुने अर्थात् तातो दिन रहने महाशाखाको पूर्वानुमान छ।

आज रातिको मौसम भने देशको हिमाली भू-भागमा साधारणतया बदली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने भए पनि तराई भू-भागमा मुख्यतया सफा रहनेछ।

रातिको समयमा कोशी प्रदेशको हिमाली तथा पहाडी भू-भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु