काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले सातवटा विषयगत उपसमिति गठन गरेको छ ।

बुधबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले बैठकले सातवटा विषयगत उपसमिति गर्दै संयोजकहरू चयन गरेको हो ।

जसमध्ये नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल र जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएका छन् ।

यसैगरी, नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद एवं समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् । यस्तै, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल र गैर सरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन छन् ।

बैठक पार्टीका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यतामा तथा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको थियो ।

Forbes