चितवन – नारी अभ्युदय केन्द्र नारायणगढले आदिकवि भानु माबिले आखा शिविर गरेको छ । स्थापनाको २६ औ वर्षको अवसर मा शिविर गरेको हो ।
शिविरमा भानु माबिका ८ सय ५० जनाको आखा परिक्षण गरिएको थियो । ती मध्य ७५ जनालाई चस्मा बितरण गरिएको नारी अभ्युदय केन्द्रकी अध्यक्ष बिष्णुकुमारी रायमाझीले बताउनुभयो ।
केन्द्रले आइतवारदेखी जेठ २० गतेसम्म बिबिध कार्यक्रम तय गरेको छ । आइतवार ३१ जना दृष्टिबिहिनलाई सेतो छडी बितरण गरिएको थियो ।


