चट्याङ लागेर १९ वर्षीया युवतीको मृत्यु

एटुजेड समाचार

तनहुँ – तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापाको चट्याङ लागेर मृत्यु भएको छ।

शनिबार साँझ करिब ५ः३० बजे घरको आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा साँझ ७ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु