भरतपुर – चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले ‘बिएचएम’ तथा ‘बिआइटिएम’ चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।
बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले ३.८३ जिपिए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ वम्जम तामाङले ३.८० जिपिएसहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।यस्तै, बिआइटिएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ जिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गिता अधिकारीले ३.८१ जिपिएसहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ जिपिएसहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।
कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले जानकारी दिए ।
भरतपुरस्थित कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको उनले बताए ।


