काठमाडौँ – चीनको हाइनान ओपन अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन्।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन्। भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेर समूहमा स्वर्ण जितेका हुन् । उनले ४९ केजी तौल समूहमा अर्को स्वर्ण जित्न सफल भए।
त्यस्तै आयुष बोहराले स्वर्णसहित कास्य पदक हात पारे। ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका आयुशले व्यक्तिगत पुम्सेमा भने कास्यमा सीमित भए। सन्दीप बस्नेतले ब्रेकिङमा स्वर्ण प्राप्त गरे। प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको हो।


