देशका कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ – रवि लामिछाने

एटुजेड समाचार

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कोही पनि नागरिकलाई घरबारविहीन नबनाउने दाबी गरेका छन्।

आइतबार साँझ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बताए। उनले बस्ती हटाउने क्रममा सुकुमवासीमाथि अन्याय भएको भन्ने गुनासोबारे बोल्दै विशेषगरी खोला किनारका जोखिमपूर्ण बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको दायित्व भएको तर्क गरे।

उनले स्थानीय तहहरूलाई रास्वपाको नाम जोडेर भूमिहीनहरूलाई त्रासमा नपार्न समेत आग्रह गरे। असुरक्षित ठाउँमा रहेकाहरूलाई मात्र स्थानान्तरण गर्ने र वास्तविक भूमिहीनहरूको हकमा शक्तिशाली आयोगमार्फत स्थायी समाधान खोजिने उनले प्रष्ट पारे। हालै एक सुकुम्बासीले आत्महत्या गरेको विषयमा टिप्पणी गर्दै उनले यसलाई संवेदनशील र अनुसन्धानको विषय भएको बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु