काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन् । पार्टी सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
आइतबार नै पार्टी सचिवालय बैठक बस्दैछ । पार्टी सभापति लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ । साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।


