१४ जिल्लामा घरमै पासपोर्ट पठाउने व्यवस्था, अहिलेसम्म ३१९ वटा डेलिभरी

एटुजेड समाचार

काठमाडौँ – १४ जिल्लामा घरमै पासपोर्ट पठाउने व्यवस्था सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालिकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीलगायत १४ वटा जिल्लामा यो सेवा लागू भइसकेको छ ।

यी जिल्लाहरूमा हुलाक सेवा विभागमार्फत हालसम्म करिब ३१९ वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको मन्त्रालयले जनाएको छ । सेवा विस्तारका लागि अन्य जिल्ला प्रशासन कार्यालयहरूले पनि राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएका छन् ।सेवा विस्तारका लागि अन्य जिल्ला प्रशासन कार्यालयहरूले पनि राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएका छन् ।

यसका साथै कास्की र मोरङ जिल्लामा यातायात कार्यालयसँग समन्वय गरी सेवाग्राहीको घरमै लाइसेन्स पुर्‍याउने कार्यको समेत सुरुवात भइसकेको छ। हुलाक सेवालाई थप प्रभावकारी बनाउन अन्य विभिन्न निकायसँग पनि सहकार्य अगाडि बढाइएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका प्रश्न पत्र, उत्तर पुस्तिका र प्रमाणपत्र ढुवानीको काम सुरु भइसकेको छ भने त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र ढुवानी गर्ने विषयमा दोस्रो चरणको छलफल सम्पन्न भएको छ ।

त्यस्तै, नेपाल टेलिकमका सिमकार्ड घरमै पुर्‍याउन प्राविधिक तयारी थालिएको छ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका नमुना ढुवानी गर्ने सम्झौता अन्तिम चरणमा पुगेको छ । सरकारी सेवालाई छिटोछरितो बनाउन राहदानी विभाग र महालेखा नियन्त्रक कार्यालयसँग सफ्टवेयर प्रणाली एकीकरणका लागि समेत पहल भइरहेको छ।

Forbes

गत चैत १३ गते सार्वजनिक गरिएको सरकारको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई ‘सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने’ लक्ष्य राखिएको छ।यस अभियानलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र सञ्चार मन्त्रालयबिच निरन्तर समन्वय भइरहेको जनाइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु