काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुँदैछ।
परीक्षा बिहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरूमा सुरु हुने छ।
सोमबारदेखि सुरु भएको परीक्षामा यस वर्ष ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन्। नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी सहभागी छन्। जापानको एभरेस्ट स्कुलबाट पनि ३९ विद्यार्थीले परीक्षा दिँदै छन्।
परीक्षा २७ वैशाखमा सम्पन्न हुनेछ भने नतिजा परीक्षा सकिएको करिब ४५ दिनभित्र सार्वजनिक गर्ने बोर्डले तयारी गरेको छ। काठमाडौंमा सबैभन्दा बढी ६४ हजार ३ सय ३८ र मनाङमा सबैभन्दा कम ३१ परीक्षार्थी रहेका छन्।


