लायन्स क्लब अफ नारायणी चौतारीको १५ औँ वार्षिक अधिवेशन तथा फेमिली फेलोशिप कार्यक्रम सम्पन्न

एटुजेड समाचार

चितवन  — लायन्स क्लब अफ नारायणी चौतारीको १५ औँ वार्षिक अधिवेशन तथा फेमिली फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम  वैशाख १२ गते भरतपुर – २५ स्थित टाईगर वाईल्डलाईफ रिसाेर्टमा सम्पन्न  गरिएको हो ।

अधिवेशनबाट वर्ष २०२६/२७ का लागि नयाँ  कार्यसमिति चयन गरिएको छ। जसको अध्यक्षमा  रेशमलाल फुयाल चयन भएका छन् भने प्रथम उपाध्यक्षमा  विस्वनाथ पौडेल, द्वितीय उपाध्यक्षमा  इन्द्रप्रसाद न्यौपाने र तृतीय उपाध्यक्षमा वासुदेव तिमिल्सिना चयन भएका छन्। सचिवमा MJF मेघनाथ बराल र कोषाध्यक्षमा नवीन श्रेष्ठ चयन भएका हुन् ।

लायन बर्ष २०२५/२०२६ का अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष MJF मेघनाथ बराल, कार्यक्रम संयोजक पुर्व अध्यक्ष हरि पौडेल रहेका थिए ।
अधिवेशनले आगामी वर्षका लागि विभिन्न सामाजिक तथा सेवा मूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। साथै, सामाजिक क्षेत्रमा अझ प्रभावकारी रूपमा योगदान पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु