काठमाडौं – सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल र मनोहरा क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाउने कामलाई निरन्तरता दिई रहँदा, दशरथ रंगशालामा भने सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसहरूको दर्ता प्रक्रिया सुरु गरी सकेको छ ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणका कर्मचारीहरुले उनीहरूको दर्ता गर्ने काम गरी रहेका छन् ।अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना उपनिर्देशक विदुर झाले हाल सम्म ३४० परिवार दर्ता भाई सकेको जानकारी दिए।तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी


