आज वैशाख १२ : महाभूकम्पको १० वर्ष पूरा

एटुजेड समाचार

विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ। २०७२ साल वैशाख १२ गते (२५ अप्रिल २०१५) बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

उक्त भूकम्पले देशभर व्यापक जनधनको क्षति पुर्‍याएको थियो। हजारौँ घरहरू ध्वस्त भएका थिए भने लाखौँ नागरिक विस्थापित हुन पुगेका थिए। काठमाडौँ उपत्यकासहित १४ जिल्ला अत्यधिक प्रभावित भएका थिए।

भूकम्पका कारण करिब ९ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए। यसका साथै धरहरा, दरबार स्क्वायर लगायतका ऐतिहासिक सम्पदाहरू र करिब ६ लाखभन्दा बढी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

नेपालको इतिहासमा वि.सं. १९९० सालपछिको सबैभन्दा ठूलो मानिएको उक्त भूकम्पले भौतिक संरचनासँगै सामाजिक तथा आर्थिक जीवनमा पनि गहिरो असर पारेको थियो।

यसैबीच, भूकम्प स्मृति दिवसका अवसरमा सरकारी तथा विभिन्न निकायहरूले भूकम्पीय जोखिम न्यूनीकरण, सुरक्षित निर्माण अभ्यास र पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, भूकम्पबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुनर्निर्माण र पुनर्स्थापनामा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिएको छ।

Forbes

भूकम्प रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने सन्देशसहित आजको दिनलाई सुरक्षित भविष्य निर्माणको संकल्पका रूपमा स्मरण गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु