नयाँ वर्षमा नगरकोट–रानीकोट क्षेत्रमा पर्यटकको चाप बढ्यो

एटुजेड समाचार

भक्तपुर – नयाँ वर्ष २०८३ को अवसरमा नगरकोटदेखि रानीकोटसम्मका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भीड उल्लेख्य रूपमा बढेको छ। पहिलो सूर्योदय अवलोकन गर्न आएका पर्यटकका कारण होटलहरू पूर्ण रूपमा भरिएका छन्।

पर्यटन व्यवसायीका अनुसार यस वर्ष विशेषगरी स्वदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दा व्यवसायमा उत्साह थपिएको छ। नगरकोटका होटलहरू पूर्ण क्षमतामा सञ्चालनमा छन् भने नयाँ होटल खोल्ने क्रम पनि जारी छ।

रानीकोट र घ्याम्पेडाँडामा समेत पर्यटकको आकर्षण बढेको छ। यहाँको हिमाली दृश्य र सांस्कृतिक वातावरणले पर्यटकलाई आकर्षित गरेको व्यवसायीहरूको भनाइ छ।

कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र पुनः चलायमान बन्दै गएको र नयाँ वर्षले त्यसमा थप ऊर्जा दिएको व्यवसायीहरूले बताएका छन्। रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु