श्रीमतीसँगको सम्बन्ध थाहा पाएपछि बोलाएर प्रहरीको हत्या

एटुजेड समाचार

वीरगन्जमा विवाहेत्तर सम्बन्धका कारण प्रहरीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत पर्साको कालिकामाई गाउँपालिका १ मुडली निवासी २८ वर्षीय विकास चौरसियाको आइतबार राति वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटस्थित एक घरमा हत्या भएको हो।

प्रहरी जवान चौरसियाको हत्या विवाहेत्तर प्रेम सम्बन्धका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि स्थानीय  फिरोज मियाँको घरमा डेरा लिएर बस्दै आएका रौतहट माधवनारायण नगरपालिका वडा नम्बर १ दिपहीका २६ वर्षीय सन्तोष साह र उनकी श्रीमती २४ वर्षीया सोनी कुमारी साहको कोठामा चौरसिया पुगेका थिए। सोही समय उनको हत्या भएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी श्रीमती सोनी कुमारी, बाराको महागढी नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय विशाल साह तथा भारतको उत्तरप्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुले संयुक्तरुपमा मिलेर चौरसियाको हत्या गरेको अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ। हत्या आरोपी सबैलाई नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Forbes

पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले चौरसिया र सोनी कुमारी बीच अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले पत्नीलाई फोन गर्न लगाएर चौरसियालाई कोठामा बोलाएका थिए।

चौरसिया कोठामा पुगेपछि चारै जना मिलेर टाउकोमा रड प्रहार गरी हत्या गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी पाठकले बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु