गृहमन्त्री सुधन गुरुङको सम्पत्ती : ८९ तोला सुन, ६ किलो चाँदी र १९ रोपनी जग्गा

एटुजेड समाचार

काठमाडौं – गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । र उनको बैङ्कमा केहि नगद तथा ब्यक्तिगत लगानी समेत रहेको विवरणमा उल्लेख छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

उनका बुबाको नाममा चितवनमा ३० कट्ठा र उनका हजुरबुबाको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु