चितवन – रोज गार्डेन पार्टीप्यालेस एण्ड रेस्टुरेन्ट भरतपुरले नयाँ बर्ष २०८३ को अवसरमा डिजे पार्टी कार्यक्रम गर्ने भएको छ । नेपाली नयाँ बर्षको आगमनसंगै रेस्टुरेन्ट यही चैत ३० गते साँझ ५ बजेदेखि ९ बजेसम्म विभिन्न सांस्कृतिक कार्यक्रमसंगै डिजे पार्टी कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा कलाकारहरूको आकर्षक प्रस्तुति रहने छ।
कार्यक्रममा स्थानिय कलाकारहरुको साँस्कृतिक नाच, गान समेत रहेको छ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको रोज गार्डेन पार्टीप्यालेस एण्ड रेस्टुरेन्ट भरतपुरका सन्चालक सुवास कडेलले बताए ।
नयाँ बर्षलाई स्वागत गर्दै नाच गानमा झुम्न सकिने भएकाले सबैलाई कार्यक्रममा आउन समेत उनले आग्रह गरेका छन् ।


