चितवन – होटल पौवा भरतपुरले नयाँ बर्ष २०८३ को अवसरमा ‘सांस्कृतिक साँझ’ कार्यक्रम गर्ने भएको छ । नेपाली नयाँ बर्षको आगमनसंगै होटलले यही चैत ३० गते साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहने छ।
कार्यक्रममा गायक सिरिश देवकोटा, सलिना बिकको प्रस्तुति रहने छ भने अमित बराल एण्ड द ब्याण्ड रहने छ । कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ भने न्युनतम मुल्यमा होटल पौवाको खानाको परिकार टेस्ट गर्न सकिने होटल पौवा चितवनका महाप्रबन्धक राम प्रसाद रेग्मीले बताए ।
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली आतिथ्य सहितको सेवा दिने उद्देश्यले चितवन लगाएत होटल पौवाको विभिन्न शाखामा उक्त कार्यक्रम सन्चालन हुने उनले बताए ।
होटल पौवाले रैथाने खाना र नेपाली मौलिक परम्परा जोगाउनुका साथै नेपालीहरुले परम्परादेखि मनाउँदै आएको चाडपर्वमा विशेष कार्यक्रम गर्दै आएको छ ।
होटल पौवा, भरतपुर शाखामा विभिन्न परिकार पाइने रेष्टुरेण्ट र आरामदायी बासको व्यवस्था छ । यहाँ विवाह, ब्रतबन्ध र अन्य समारोहका लागि उपयुक्त पार्टी हल, तालिम, गोष्ठी र बैठक गर्न मिल्ने सेमिनार हल रहेको छ ।


