के हो मानसिक रोग ? यस्तो छ समस्याबाट छुटकारा पाउने उपाय

एटुजेड समाचार

मानिसको शरिरमा जस्तै मस्तिस्कमा पनि रोग लाग्न सक्छ । रोगी मस्तिष्कले शरिर स्वस्थ्य हुँदा हुदैपनि प्रभावकारी काम गर्न सक्दैन । मस्तिष्कसँग सम्बन्धित मानसिक रोग पछिल्लो समय जो कोहीका लागि एउटा ठुलो समस्या बनेको छ । एन्जाइटी, डिप्रेसन जुनसुकै उमेर समूहका व्यक्तिले भोग्दै आएको मानसिक समस्या हो ।

सरल भाषामा भन्दा दिमागी हालत ठिक नहुनु मानसिक रोग हो । यो जुनसुकै कारणले हुनसक्छ । मानसीक रोग अरु रोग जस्तो बाहिर देखिदैन । यसलाई विरामी स्वयमले महसुस गर्न सकिन्छ । प्राय गरी मानसीक रोग कुनै समस्या या कुनै घटनालाई गहिरीएर सोच्ने, एउटै कुरा लामो समय सोच्ने गर्दा देखीन्छ । मानसीक रोग लागेपछि सूरुमा आफुलाई मात्र महसुस हुने भएपनि पछि बढदै जाँदा परिवारको सदस्य तथा वरपरको व्यक्तिले पनि महसुस गर्न सकिन्छ ।

एक अध्ययनअनुसार हरेक पाँच जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मनोरोग पाइने गरेको छ । मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । यसबाट छुटकारा पाउन कुनै पनि खालको उपचारात्मक पद्धतिकै आवश्यकता हुने गर्छ ।

धेरै मानिसहरूको बुझाइ छ, मानसिक रोग कमजोरलाई हुन्छ तर त्यो सत्य होइन । मानसिक रोग कुनै पनि व्यक्तिको शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन, न त यसको सम्बन्ध उसको व्यक्तित्व या गुणसँग हुन्छ । हरेक उमेर समूह, हरेक समुदाय, हरेक आर्थिक अवस्थाका व्यक्ति मनोरोगबाट प्रभावित हुन सक्छन् । त्यसैले, मनोरोग र मनोरोगीलाई हल्का रूपमा नलिई गम्भीरता आवश्यक छ । मानसिक रोग सामाजिक, अनुवांशिक, जैविक वातावरणीय वा मनोवैज्ञानिक धेरै कारणले हुन सक्छ ।

के हुन त मानसीक रोगको लक्षण ?
१. छिटो रिस उठ्नु
२. कुनै पनि कुरा छिटो विर्सनु
३. रातमा निन्द्रा नलाग्नु
४. छटपटि हुनु
५. सानो सानो कुरामा गहिरीएर सोच्नु
६. इरिटेड हुनु
७. कम बोल्ने, कसैसंग कुरा सेयर नगर्ने
८. जिद्धी गर्ने, अरुको कुरा सुन्न मन नपराउने

Forbes

कसरी गर्न सकिन्छ मानसिक रोगको उपचार ?

कुनै पनि रोगको उपचार सम्भव भएजस्तै मानसिक रोगको पनि उपचार छ । यसको उपचार औषधिजन्य ट्याबलेट नभएर राेगीको समस्यालाई बुझ्नु पहिलो उपचारको माध्यम हो ।

सबै भन्दा पहिला मानसीक राेगको सयमै सही ढङ्गले पहिचान गर्नुपर्छ र उसको मष्तिस्कलाई आराम हुने खालको क्रियाकलापहरु गर्ने र गर्न लाउनुपर्छ । रोगीको समस्यालाई बल्झाउने खालको कुनैपनि कुरा नगर्ने, बरु त्यो सामान्य कुरा हो भन्ने महसुस गराउने ।

मानसीक रोगको सबैभन्दा राम्रो उपचारमा भनेको माया, स्नेह, साथ सपोर्ट र परिवारका सदस्यको भरपुर समय नै हो । विरामीसंग सकेसम्म धेरै समय विताउने भविस्यसंग जोडिएका सकारात्क गफ गर्ने र रमाइला फिल्म,भिडियोहरु हेर्ने, कसरत गर्ने, सकेसम्म विरामीलाई व्यस्त बनाइराख्ने गर्नाले मानसीक रोग कम गर्न सकिन्छ ।

मनोरोगीलाई मानसिक अस्पताल नै आवश्यक हुन्छ भन्ने आममान्यता छ तर मनोरोगका कतिपय अवस्थाका लागि अस्पताल आवश्यक हुँदैन । उनीहरूको सफल उपचारको सबैभन्दा महत्वपूर्ण भाग प्रियजन अनि परिवारका सदस्यहरुले कति राम्रोसंग हेरचाह गर्न सक्षम छन् भन्नेमा पनि भर पर्छ ।

थेरापी र परामर्श

सामान्य अवस्थाका मानसिक रोगीहरूले उनीहरूको आफ्नो इच्छा र क्षमताका आधारमा जुनसुकै काम गर्न सक्छन् । यसले उनीहरूको अवस्था सुधार गर्न पनि सहयोग गर्छ ।

धेरै मनोचिकित्सक यस मामिलामा थेरापी र मनोपरामर्श दिन्छन् । केही केसमा औषधि पनि चाहिन्छ । तर थेरापी र परामर्श नै बिरामीको अवस्था सुधार गर्न प्रमाणिक भएको पाइन्छ । राम्रो र स्वच्छ वातावरणमा बसेर तनाव नलिई जीवनयापन गर्न सकियो भने मानसिक रोगी हनबाट बच्न सकिन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु