प्राज्ञिक सिद्धान्त तथा औद्योगिक अभ्यासबीचको खाडललाई कम गर्न चितवन उद्योग वाणिज्य संघ र सप्तगण्डकी बहुमुखी क्याम्पस विच सम्झौता

एटुजेड समाचार

चितवन – चितवन उद्योग वाणिज्य संघ र सप्तगण्डकी बहुमुखी क्याम्पस बिच व्यवसाय इन्क्युवेसन सेन्टर सञ्चालन गर्न तथा प्राज्ञिक सिकाइ सिद्धान्त एवम् औद्योगिक अभ्यासबीचको खाडललाई कम  गर्ने र उद्योग व्यवसायलाई आवश्यक जनशक्ती उत्पादन गर्ने विषयमा दुबै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चैत्र २७ गते एक कार्यक्रमका विच चितवन उद्योग वाणिज्य संघको सचिवालयमा बसी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले उद्यमशीलता, नवप्रवर्तन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले संघको सचिवालयमा विजनेश इन्क्यूवेसन सेन्टर सञ्चालन गर्न लागेको जानकारी गराउँदै उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा केन्द्रित विभिन्न कार्यक्रमहरू गर्दै आईरहेको बताउनुभयो ।

सरकारी र गैर–सरकारी संस्थाहरू समन्यमा सदस्यहरूलाई आवश्यकतामा आधारित सेवाहरूका साथै नवप्रवर्तन तथा उद्यमशिलताका विषयमा तालिम, कार्यशाला र सेमिनारहरू सञ्चालन गरेर आफ्ना सदस्यहरू तथा नवप्रवर्तहरुको क्षमता अभिवृद्धि गर्दै आईरहेको बताउनुभएको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै सप्तगण्डकी बहुमुखी क्याम्पसका प्रमुख खिमलाल दाहालले निजी क्षेत्र र प्राज्ञिक क्षेत्र बिच साझेदारको रूपमा दक्ष जनशक्ति उत्पादनमा गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले प्राज्ञिक प्रतिष्ठानको पाठ्यक्रम परिवर्तन गराएर भएपनी उद्योग व्यवसाय सञ्चालनका लागि दक्ष जनशक्ती उत्पादन गर्ने तर्फ लाग्ने बताउनुभएको थियो ।

Forbes

उक्त सम्झौता  दुवै संस्थाको सामुहिकतामा चितवन भित्र उद्यमशीलता, नवप्रवर्तन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको आवश्यता अनुसारको शैक्षिक पाठ्यक्रम निर्माण गर्ने, तालिम तथा सहकार्यात्मक कार्यक्रम विकास गरी सीप भएका जनशक्ति उत्पादन गर्ने, स्टार्टअपहरूका लागि मार्गदर्शन र परामर्श सेवा उपलब्ध गराउने, विद्यार्थीहरूका लागि स्थलगत भ्रमण, इन्टर्नसिप, प्रशिक्षार्थी तालिम लगायत सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले चितवन उद्योग वाणिज्य संघले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समेत सहकार्य गर्दै संघकाबाट व्यवसाय संवद्र्धन केन्द्र सञ्चालन गर्ने लागेको बताउँदै उक्त कार्यक्रमका लागि नवउद्यमी बाट आवेदन माग गरिएको जानकारी गराउँदै प्रचार प्रसार गरी प्राज्ञिक सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

उक्त सम्झौता पत्रमा चितवन उद्योग वाणिज्य संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली र कार्यकारी निर्देशक निलबहादुर के.सीले  हस्ताक्षर गनुएभएको छ भने सप्तगण्डकी बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख खिमलाल दाहाल र प्राध्यापक रुद्रप्रसाद चालिसेले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा संघका उपाध्यक्ष नारायण प्रधान र सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक कपिलदेव सुवेदी, अनोज जोशी, ओमप्रकास पोखरेल, हरीहर न्यौपाने संघका कार्यक्रम अधिकृत गणेश सुवेदी, सूचना प्रविधि अधिकृत विनायक लम्सालको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु