महाऔषधीय गुण भएको अदुवा ! यस्ता छन् फाइदा

एटुजेड समाचार

काठमाण्डौ – नेपाली घर भान्सामा सजिलै पाइन्छ अदुवा । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडोमा निकै प्रयोग गरिन्छ ।

दैनिक चियामा अदुवा प्रयोग गरिन्छ । चियामात्र होइन, अदुवा हालेर सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएको छ । अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फोरस, आइरन, जिन्क, कपर तथा क्रोमियमजस्ता पोषक तत्व पनि पाइन्छ। गर्मीमा भने अदुवाको धेरै प्रयोग गर्न राम्रो हुदैन । 

ब्याक्टेरियासँग लड्छ

अदुवामा ब्याक्टेरिया तथा भाइरससँग लड्ने अद्भुत क्षमता हुन्छ । त्यसैले यसको नियमित सेवन गर्दा घाँटीको संक्रमण हुनबाट हामी बच्न सक्छौँ ।

रेडिकल्स नष्ट गर्छ

Forbes

शरीरमा पैदा हुने फ्रि रेडिकल्सलाई निस्तेज गर्न पनि अदुवाले सहयोग गर्छ । यस्ता रेडिकल्सले हाम्रा कोशहरुमा नोक्सान पुर्याउँछन् ।

दुखाई हटाउँछ

अदुवाको प्रयोगले हड्डी तथा जोर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथरोगहरुबाट पनि हामीलाई टाढा राख्न सहयोग गर्छ ।

रगत सफा गर्छ

अदुवाले हाम्रो रगत सफा पनि गर्छ । शरीरमा भएका टक्सिन हटाएर अदुवाले हाम्रो रगत सफा गर्न धेरै नै सहयोग गर्छ ।

पाचन प्रक्रिया र रोगविरुद्ध लड्ने क्षमता बढाउँछ

अदुवाको प्रयोगले हाम्रो पाचन प्रक्रिया पनि बलियो बन्छ । यसले हाम्रो तौल घटाउन पनि सहयोग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयोग गर्छ ।

खोकी कम लाग्छ

अदुवाले शरीरलाई बलियो बनाउनुका साथै हामीलाई लाग्ने खोकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्रो बनाउन पनि यसले सहयोग गर्छ ।

दुखाइ कम गर्छ

अदुवाले हाम्रो रक्तसंचारलाई सुधार गर्ने भएकाले नियमित रुपमा अदुवा खाँदा हामीलाई दुखाइ कम महसुस हुन्छ । त्यसैले बढ्दो उमेरमा अदुवा खानु अझ राम्रो हुन्छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु