सुन र चाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

एटुजेड समाचार

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ । सुन प्रतितोला रु ४ हजार ३ सयले घटेको छ भने चाँदी प्रति तोला रु १ सय ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८७५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २५ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु