भरतपुरका मसाज सेन्टरमा प्रहरीको छापा, ८ जना नियन्त्रणमा

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका–१० क्षेत्रमा सञ्चालित विभिन्न स्पा तथा मसाज सेन्टरमा प्रहरीले छापा मार्दै ८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज( बुधवार)दिउँसो करिब ३ बजे अवैध गतिविधि सञ्चालन भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक जहरलाल स्याङतनको कमान्डमा सादा पोशाकसहितको १० जनाको टोली खटिएको थियो।

प्रहरी टोलीले ती स्पा तथा मसाज सेन्टरहरूमा पुगेर निरीक्षण गर्दा अनुमति बिना (दर्ता नगरी) सञ्चालन भएको, कोठामा क्यूआर कोड राखिएको तथा शंकास्पद गतिविधि भइरहेको पाइएको जनाएको छ।

छापामार कारबाहीका क्रममा स्पा सञ्चालक, स्टाफ तथा ग्राहक गरी जम्मा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि जिल्ला प्रहरी कार्यालय चितवनबाट आवश्यक अनुसन्धान भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु