काठमाडौंमा गोली चल्यो, दुई जना पक्राउ

एटुजेड समाचार

काठमाडौं – काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुबैजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि स्थिति नियन्त्रणमा लिन गोली प्रहार गरिएको थियो। घटनास्थलबाट लागूऔषधसम्बन्धी केही पदार्थसमेत बरामद गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि बरामद गरिएको वस्तु, मात्रा तथा अन्य विवरणबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन।

प्रहरीले यस घटनालाई लागूऔषध कारोबारविरुद्धको अभियानअन्तर्गत महत्वपूर्ण सफलता मान्दै थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

साथै, यस घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा सञ्जालको खोजीसमेत जारी रहेको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु