झापा – घाँस काट्न गएका एक जना व्यक्ति चार दिनपछि जङ्गलमा मृत फेला परेका छन् ।
दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नविन राईका अनुसार बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट निस्किएका उनी घर नजिकैको सामुदायिक वनमा मृत फेला परेका हुन् ।
विभत्स अवस्थामा शव भेटिएकाले हात्तीले आक्रमण गरेको अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


