नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

एटुजेड समाचार

काठमाण्डौ – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । बैठक बिहान ११ बजे बाट सुरु हुनेछ।

नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुनसक्ने बताएकी छन् ।

कांग्रेस संसदीय दलको नेतामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।

सभामुख चयन नगरुन्जेल जेष्ठ सदस्य केसीले संसद बैठक सन्चालन गर्नु परेकाले कांग्रेसले ढिलो गरी दलको नेता चयन गर्न लागेको जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु