आईपीएल : लखनउले हैदराबादलाई हराउँदै सिजनको पहिलो जित हात पार्यो

एटुजेड समाचार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको आज भएको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई अन्तिम ओभरको अन्तिम बलअघि हराउँदै सिजनको पहिलो जित हात पारेको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल निकै रोमाञ्चक थियो ।

टस जितेर पहिले बलिङ रोजेको लखनउका लागि मोहम्मद शामीले शानदार सुरुवात दिलाए । उनले अभिषेक शर्मा र ट्राभिस हेडलाई सुरुवातमै आउट गर्दै हैदराबादलाई दबाबमा पारे । त्यसपछि प्रिन्स यादवले कप्तान ईशान किशनलाई बोल्ड गरेपछि हैदराबाद ४ ओभरमै ११ रनमा ३ विकेट गुमाएर संकटमा परेको थियो।

लियाम लिभिङ्स्टोन पनि १४ रनमा आउट भएपछि टोली १० ओभरमा ३५ रनमा ४ विकेटको नाजुक अवस्थामा पुगेको थियो। तर त्यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले उत्कृष्ट पुनरागमन गराए। दुवैले पाँचौं विकेटका लागि ११६ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। क्लासेनले ४१ बलमा ६२ रन बनाए भने रेड्डीले ३३ बलमा ५६ रन जोडे।

तर अन्तिम तीन ओभरमा लखनउका बलरहरूले खेल पल्टाए। हैदराबादले लगातार विकेट गुमाउँदै २२ रनमै ५ विकेट गुमायो र २० ओभरमा १५६ रनमा ९ विकेट गुमाएर इनिङ्स समाप्त गर्‍यो। लखनउका लागि शामी, आवेश खान र प्रिन्स यादवले २–२ विकेट लिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु