सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राख्न अनुमति

एटुजेड समाचार

काठमाण्डौ – कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

बलात्कारको आरोपमा शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई आइतबार दिउँसो हतकडी लगाएर सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएपछि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय पुर्‍याइएको थियो ।

शुक्रबार अमेरिका बस्ने युवतीले सागरमाथि बलात्कारको आरोप लगाएकी थिइन् । त्यसकै आधारमा प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । पीडितको तर्फबाट अहिलेसम्म आधिकारिक उजुरी भने परेको छैन । यसैले प्रहरीले उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्री समेत रहेकी ती युवतीले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै एक वर्षअघि सागरसँग अमेरिकामा भेट हुँदा आफू बस्ने अपार्टमेन्ट लैजान आग्रह गरेको र त्यहीँ आफू बलात्कृत भएको दाबी गरेकी थिइन् । उनले सागरलाई फेसबुकमा मेन्सन गर्दै ‘कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ?’ भनेर प्रश्न समेत गरेकी थिइन् ।

उनले आफूलाई बलात्कार गर्ने व्यक्ति अहिले नेपाल फर्केर खुलेआम बाँचिरहेको आफु भने अमेरिकामा डिप्रेसनमा बाचिरहेको बताएकी छन्। आफ्नो स्वास्थ अवस्थाको फाइदा उठाएर बलात्कार गर्ने सागर लम्सालले सजाय पाउनु पर्छ कि मर्नु पर्ने समेत लेखेकी छन्।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु