भरतपुरमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

एटुजेड समाचार

चितवन – भरतपुर महानगरपालिका-३ नगरवनमार्गमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

गए राति करिब ११ बजे बा प्र ०६००१ ख ०४९२ नम्बरको बस पार्किङका लागि ब्याक गर्ने क्रममा सडकछेउमा बस्दै आएका १० वर्षीय इरेस घोस्लेलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

भारतको अमरावती जिल्ला, अन्जनगाउँ घर भएका इरेस गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चिकित्सकले राति ११:२५ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न बस र सहचालक नवलपुर कावासोती नगरपालिका-१ का २५ वर्षीय प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु