‘आ बाट आमा-२’ मा पलसँग देखिँदै आकाश श्रेष्ठ

एटुजेड समाचार

यस वर्षको चर्चित तथा सफल नेपाली फिल्म आ बाट आमाको दोस्रो श्रृंखला निर्माण हुने भएको छ । ‘आ बाट आमा २’ नाम दिइएको उक्त फिल्मको छायांकन आगामी बैशाखबाट सुरु गर्ने तयारी गरिएको छ।

फिल्मका निर्देशक चन्द्र पन्तले हाल कलाकार छनोटको काम तीव्र रूपमा अघि बढाएको जानकारी दिएका छन् । पहिलो श्रृंखलाका मुख्य कलाकारहरू विपना थापापल शाह यसअघि नै अनुबन्धित भइसकेका छन् भने अब फिल्ममा आकाश श्रेष्ठ को पनि प्रवेश भएको छ। उनलाई कथाअनुसार उपयुक्त देखिएपछि मुख्य भूमिकामध्ये एकमा अनुबन्ध गरिएको निर्देशक पन्तले बताएका छन्।

आकाशको प्रवेशसँगै ‘आ बाट आमा २’को कथा पहिलो भागभन्दा फरक ढंगले अगाडि बढ्ने संकेत देखिएको छ। यद्यपि, निर्माण टिमले कथावस्तुबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

फिल्ममा हालसम्म विपना, पल र आकाश बाहेक अन्य कलाकारहरू तय भएका छैनन्। पहिलो भागमा अभिनय गरेका सिम्रन पन्त, उषा उप्रेतीसाइग्रेस पोखरेल मध्ये उषा उप्रेती भने दोस्रो भागमा पनि दोहोरिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। पहिलो श्रृंखलामा उनी पल शाहको जोडीको रूपमा देखिएकी थिइन्।

आर्या इन्टरटेन्टमेन्ट को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । उनी आफैं निर्माता रहेको यस फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

Forbes

उल्लेखनीय रूपमा, ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढी व्यापार गर्न सफल भएको थियो। यही कारणले यसको दोस्रो श्रृंखलाले उक्त सफलता उछिन्न सक्छ वा सक्दैन भन्ने विषयमा दर्शकमाझ अहिले नै उत्सुकता बढ्न थालेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु